‘द भ्वाइस अफ किड्स’ उप्रेतीले मागे भोट

तु खबर संवाददाता
२०७८ पुष १२, सोमबार ११:२७

मकवानपुर । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल किड्स सिजन वान’मा दमदार प्रस्तुति दिँदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेतीले आफुलाई भोट गर्न अपिल गरेका छन् । हेटौंडामा पत्रकार सम्मेलनमार्फत् उप्रेतीले भोट अपिल गरेका हुन् ।

जेनिस भ्वाइस अफ नेपाल किड्सको डिजिट, ब्ल्याण्ड र ब्याटल राउण्ड हुँदै लाइभ राउण्डमा प्रवेश गरिसेका छन् । अब उनलाई अगाडि बढ्नको लागि कोचको मन जितेर मात्रै पुग्दैन । उनलाई दर्शकको माया साथसाथै अत्याधिक भोटको समेत आवश्यक पर्दछ । उनले आफुलाई भोट गरेर प्रतियोगितामा अगाडि बढाई दिन अनुरोध गरेका छन् । उनी लोकप्रिय गायक प्रमोद खरेलको टिममा रहेका छन् ।

को हुन् जेनिस ?

जेनिसको जन्म विस २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा भएको हो । उनको आमाको केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । बाबु पनि बैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा छन् । चार बर्षकै उमेरमा गीत गाउन शुरु गरेका जेनिस अहिले ११ बर्षको भए ।

सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रमेश उप्रेतीसंगै चितवनमा बस्दै आएका छन् । उनी अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । द भ्वाइस अफ नेपाल र किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा समेत लिइएको छ । उनले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काएका थिए । त्यस्तै ब्याटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गरेका थिए । उनले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए ।

जेनिस दुईपटक द भ्वाइस अफ नेपालको उपाधी जिताउन सफल टिम प्रमोदको टिम रहेका छन् । कोच प्रमोदको टिममा जेनिससंगै, सम्बृद्धि परियार, शुभम् निरौला, सिम्रन आले, दर्शिल पन्त र रुक्साना लिम्बु रहेका छन् । जसमा आगामी हप्ताकोच प्रमोदको टिमबाट कमभोट ल्याउने दुई जना प्रतियोगिताबाट बाहिरिने छन् ।

यदी जेनिसले टिम प्रमोदबाट टप १६ मा स्थान बनाएको खण्डमा टप ८ हुँदै उत्कृष्ट ४ मा स्थान बनाउने छन् । त्यस पश्चात पहिलो द भ्वाइस अफ नेपाल किड्सको उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । उपाधि जित्नको लागि त्यहाँ पनि कोचको कुनै हात हुने छैन । दर्शककै साथ, सहयोग र भोटको आवश्यकता पर्दछ ।

हेटौडामा जन्मेको दुई बर्षमा उनलाई आमाले झापा मामाघर लिएर गएका थिए । त्यसपछि उनको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा उनले संगीतको कक्षा पनि लिएका थिए । जेनिसका अविभावका अनुसार उनले संगीत सिक्न थालेको चार बर्ष भइसकेको छ । उनको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो ।

यही शुक्रबारबाट द भ्वाइस किड्समा लाइभ राउण्ड चलिरहेको छ । लाईभ राउण्डदेखि प्रतियोगिलाई अगाडि लैजाने कोचको कुनै हातहुँदैन । पूर्ण रुपमा दर्शकको माया, साथ र सहयोगको मुख्य भूमिका रहन्छ कुन प्रतियोगिलाई अगाडि बढाउने भन्ने । अहिले लाइभ राउण्डमा चारजना कोचका ६–६ जना गरी कुल २४ जनाप्रतियोगि रहेका छन् । जसमा आगामी हप्ता भ्वाइस किड्समा १६ जनाले टप १६ मा स्थानबनाउने छन् भने बाँकी आठ जनाप्रतियोगिताबाट बाहिरिने छन् ।