हेटौंडामा सवारी दुर्घटना
मकवानपुर । मकवानपुरको हेटौंडामा आज (शनिबार) बिहानै सवारी दुर्घटना भएको छ । बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ किरणचोकबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको बा १८ च ६१५२ नम्बर पिकअप भ्यान आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त दुर्घटनामा परेर चालक सिमरा घर भएका अन्दाजी २८ वर्षीय समन गौतम सामान्य घाइते भएका छन् । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


