नेप्से १२ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । अघिल्लो दिन करिब सय अंकले बढेको नेप्से आज १२ दशमलव ५३ अंकले मात्र बढ्न पुगेको छ । पछिल्लो केही महिनायता नेप्से परिसूचक २३ दशमलव २४ सयको विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्से परिसूचक ० दशमलव ५० प्रतिशतले बृद्धि भएर २ हजार ५२० दशमलव २३ विन्दुमा कायम भएको छ । नेप्समा सूचिकृत रहेका २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ३ उपसूचक बाहेका सबै सूचक राताम्य भएका छन् । विकास बैंक समूह, हाइड्रोपावर समूह र फाइनान्स समूहमा आज सर्वाधिक गिरावट आई राताम्य भएका हुन् ।
त्यस्तै, हिमालयन डिस्टिलरीको सर्वाधिक ३६ करोड २४ लाख भन्दा माथिको कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागको छ । त्यस्तै, बरुण हाइड्रोपावरको ९.३१ प्रतिशत, जीवन बिकास लघुवित्तको ९.०७ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८.८७ प्रतिशत, नेको इन्स्योरेन्सको ८.०२ प्रतिशत, शिभम् सिमेन्टको ६.२२ प्रतिशत, एजएलजी इन्स्योरेन्सको ५.८२ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४.९४ प्रतिशतले वृद्धि भएको हो ।



