मकवानपुरमा बुधबार थपिए ३ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७८ पुष ७, बुधबार १७:०२

मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १७ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १५ जनाको पीसीआर र २ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना र मकवानपुरगढी गाउँपालिकाका एक जना रहेका छन् । जिल्लामा हाल ३५ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३४ जना होम आइसोलेसनमा र एक जना संस्थागत आइसोलेसनमा छन् । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन।