माओवादीको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

तु खबर संवाददाता
२०७८ पुष ६, मंगलवार ०८:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत प्राप्त गर्दा गौतमले ८६ मत प्राप्त गरे ।

त्यस्तै तीन वटा पद रहेको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा १० जना उम्मेदवार रहेको थियो । यसैगरी, सचिव पदमा इन्द्र बहादुर थिङ निर्वाचित भएका छन् । तीन पद रहेको सहसचिव पदमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छन् ।