माओवादी बागमती प्रदेश निर्वाचन प्रकृया सुरु, ५: ५५ बजे मतदान

तु खबर संवाददाता
२०७८ पुष ५, सोमबार १६:४९

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रकृया सुरु भएको छ । माओवादी केन्द्र निर्वाचन आयोगका अनुसार सोमबार साढे ३ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले आजै साँझ ६ बजे मतदानका लागि समय तोकिएको छ ।

त्यसअघि मतदाता नामावली प्रकाशन, दावी विरोध, उम्मेदवारको मनोनयन लगायतका कार्यसुची रहेका छन् । माओवादीका बागमती प्रदेशमा २७५ जना मतदाता रहेका छन् । आगामी पुस ११–१३ गते आयोजना गरिने राष्ट्रिय सम्मेलनअन्तर्गत सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादी केन्द्रले पहिलो पटक चुनावबाट नेतृत्व चयन गर्न लागेको हो ।

यसअघि सबै तहका नेतृत्व माओवादी केन्द्रले सर्वसम्मति कै आधारमा चयन गरेको थियो । प्रदेश अध्यक्षका लागि तीन भन्दा बढि आकांक्षी भएपछि निर्वाचन गर्न लागिएको हो । माओवादी प्रदेश अध्यक्षका लागि काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडा, डीपी ढकालबीच प्रतिस्प्रधा हुने जनाइएको छ ।