भुक्तानी प्रदायक संस्थालाई प्रचलित मापदण्डको पालना गर्न राष्ट्र बैंकको निर्देशन

तु खबर संवाददाता
२०७८ पुष ५,सोमबार १६:०८
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुलाई प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको छ । बैंकले एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुमा अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरुलाई पेमेन्ट कार्ड इन्टिस्टी– पिसिआई, ईएमभि कन्ट्याकलेस स्टान्डर्ड जस्ता अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्न निर्देशन दिएको हो ।