बागमतीमा ७० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको पूर्ण खोप लगाउनेहरु ७० प्रतिशत पुगेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार, प्रदेशमा हालसम्म कोरोना संक्रमणविरुद्धको पूर्ण खोप लगाउनेको संख्या ७० प्रतिशत अर्थात २९ लाख नाघेको छ ।
प्रदेशमा १८ वर्ष भन्दामाथिका २९ लाख ७५ हजार ४४ जना नागरिकलाई पूर्ण खोप दिइएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार, प्रदेशमा पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन बाँकी नागरिक भने ३ लाख ९५ हजार ७ सय ६ जना रहेको छ ।
पछिल्ला दिनहरुमा खोप लागउनेक्रम निकै बढेको छ । सरकारकार खोप उपलब्ध पर्यात गराएसंगै पहिलो र दोस्रो डोज खोप लगाउनेको सख्या पनि बढेको हो । बागमती प्रदेशमा १८ वर्ष माथीका २१ प्रतिशत नागरिकलाई अझै खोप लगाउन बाँकी रहेको छ । अझै पनि ८ लाख ८५ हजार ९ सय ७८ जना नागरिकले यस प्रदेशमा खोप लगाउन बाँकी रहेको अधिकारीले जानकारी दिए ।