प्रदेश सरकार आएपछि विकासले फड्को मारेको छ : डोरमणि पौडेल

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलेल प्रदेश सरकार गठन भएपछि विकासले फड्को मारेको बताएका छन् । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ कालोपानी गुम्बा जाने बाटोको स्ल्याब ढलानको शिलान्यास गर्दै नेतृत्व सबल भए विकासको काम धेरै हुन सक्ने भन्दै पद जाँदा केहि प्रभाव पर्न सक्ने भएतापनि विकासका योजनाहरु ल्याउने काममा आफु सधै लागिपर्ने बताए ।
पौडेलले अहिले सरकारमा जो सुकै आएपनि चुरीफुरि एक वर्षको चुनावमा नेकापा एमालेको बहुमतले देखाउने दावी गरे । त्यस्तै, १४ नंम्वरका वडा अध्यक्ष दिपक खड्काले हेटौंडा उपमहानगरपालिकाको सबै भन्दा उत्कृष्ट वडा १४ नंम्वर वडा बनाउन लागि परेको बताए ।
बागमती प्रदेशको ४० लाख बजेट र अन्यबाटगरी करिब ४९ लाख ९९ हजार लागतमा निर्माण हुन लागेको ६ मिटरको ढलान २०७९ चैत मसान्तसम्म सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष ईमान सिं मुक्तानले जानकारी दिए । उक्त ढलानको लम्वाई ४ सय ६५ मिटर रहेको छ ।