जडीबुटी खेतीसम्बन्धी तीन दिने तालिम सकियो
मकवानपुर । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरको आयोजना गरेको तीन दिने जडीबुटी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । गत आइतबारबाट सुरु भएको उक्त तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा २० जनाले सहभागीता जनाएको थियो । मकवानपुरका विभिन्न सामुदायिक वन तथा सहकारीहरुका प्रतिनिधिहरुका साथै निजी कृषकहरुको सक्रिय सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन मकवानपुरको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गरेका थिए । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का अध्यक्ष ललित घलानको विशेष आतिथ्यतामा भएको कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्रका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीको अध्यक्षतामा भएको हो ।
तालिममा सहभागीहरुले जडीबुटीको परिचय, मकवानपुरमा पाइने जडीवुटीहरुको अवस्था, जडीवुटीको खेती प्रविधि, नीतिगत प्रावधान, जडीवुटीको प्रशोधन अवस्था तथा बजारको संभावना, पहुँच तथा समन्वयबारे चर्चा गरिएको थियो । साथै वृन्दावन वनस्पति उद्यानमा रहेका विभिन्न जडीवुटीहरुको अवलोकन तथा नर्सरीको फिल्ड अभ्यास पनि गराइएको थियो ।
