आज ३७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेको हो । गत आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार ३२ अंकले बढेको थियो । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय ८ दशमलव ९० अंकमा पुगेको छ ।
मंगलबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँको कारोबार भएको छ । साथै आज २ उपसूचक बाहेकका सबै उपसूचक राताम्य भएका छन् । ट्रेडिङ समूह र म्युचुल फण्ड समूहमा आज हरियाली छाएको छ भने सर्वाधिक निर्जीबन बीमा समूहमा १६०.९८ रुपैयाँले घटेको छ ।
यसअघि सोमबार नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएका थियो । त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा प्राइम कमर्सिलय बैंक रहेको छ । बैंकको आज एकैदिन १२ करोड ३६ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ । साथै आज सर्वाधिक कमाउने कम्पनीहरुमा म्चुचुल फण्ड रहेका छन् ।



