आज नेप्से ७२ अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से ७२ दशमलव ३० अंकले घटेर २ हजार ५१३ दशमलव ८९ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२४ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक प्रतिशतका आधारमा ४.५४ प्रतिशतले फाइनान्स उपसूचक घटेको छ भने रुपैयाँका आधारमा ३७२ रुपैयाँले जीवन बीमा समूह घटेको छ । साथै आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन २८ करोड ६२ लाख ८४ हजार २५५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, न्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।



