कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ । बोर्डले सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ ।
नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए। कोरोना महामारीका कारण पटक–पटक स्थगित भएको परीक्षा गत भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।
