बागमती सरकार: न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै
मकवानपुर । बागमती प्रदेश सरकारले विहिबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनत्तम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्न लागिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
गठबन्धनमा आवद्ध दलहरुको सहमतिमा तयार पारिएको प्रदेश सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सरकारको तयारी छ । अघिल्ला सरकारहरुले तयार पारेको योजनाहरुलाई केही फेरबदल गर्दै प्रदेश सरकारले न्यूनतम कार्यक्रम ल्याएको हो । वर्तमान सरकारले यसअघि विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माणको काम रोक्ने निर्णय गरको थियो ।
