आज नेप्सेमा केही सुधार, बढेन कारोबार

तु खबर संवाददाता
२०७८ मंसिर १५, बुधबार १७:०१
file-photo

काठमाडौं । लगातारको गिरावटसँगै आज चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा पुगेको छ । गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एक सय अंक बढीले गिरावट आइसकेको थियो । तर, उक्त ओरालो यात्रालाई चिर्दै बुधबार नेप्सेमा ५ अंक माथिको सुधार आएको हो ।

५.२८ अंकले बढेको बजारमा आज जम्मा २ अर्ब ७४ करोड २० लाखका मात्र कारोबार भएको छ । जबकी गत मंगलबार १.६४ अंकले घटेको बजारमा तीन अर्ब ८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा आइसीएफसी फाइनान्सको ५.६२ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको ३.४० प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको २.९६ प्रतिशत, हिमाल दोलाखा हाईड्रोपावरको २.९४ प्रतिशतं, प्रोडेन्सियल इन्स्योरेन्सको २.७५ प्रतिशत, सबैको लघुवित्तको २.७१ प्रतिशत र तेह्रथुम पावरको २.५६ प्रतिशतले घटेको छ ।

यस्तै, आज समलिङ पावर र न्यादी हाइड्रोपावरको सकारात्मक सर्किट लागेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३९ प्रतिशत, समृद्धि फाइनान्सको ७.७३ प्रतिशत, नारायणी लपमेन्ट बैंकको ७.३९ प्रतिशत, छयाङ्दी हाइड्रोपावरको ५.२४ प्रतिशत र माउन्टेन हाईड्रो नेपाल ३.८५ प्रतिशतले वृद्धि भएको छ ।