बस दुर्घटना हुँदा पौडेलको मृत्यु, २३ जना घाइते

रासस
२०७८ मंसिर १३,सोमबार १०:००

झापा । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृतयु भएको हो ।

मृत्यु हुनेमा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते भएकामध्ये ११ जनाको विर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उक्त घटनाको विाष्यमा आवशयक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।