गायक लामाको ‘असार साउन’ बोलको गीत सार्वजनिक

तु खबर संवाददाता
२०७८ कार्तिक २९, सोमबार १९:०२

मकवानपुर । गायक सोयल लामा र गायिका शशिकला स्याङ्तानको स्वरमा रहेको ‘असार साउन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेश तामाङको शब्द र प्रकाश तामाङ तितुङको संगीत र दिपेश प्रधानले एरेन्ज गरेको सो गीतको म्यूजिक भिडियो आइतबार जिग्मी मिडियाको यु ट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा कलाकारहरु सन्जय लामा, मन्जु लामा, रायु घले र सुनैना लामाको प्रस्तुती रहेको छ । रायु घलेको कोरियोग्राफी रहेको सो गीत टिकटकमासमेत निकै रुचाइएको छ । म्यूजिक भिडियो मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ बुद्धमाविमा छायाँकन गरिएको हो । गायक लामाको यसअघि पालुङ दामन, हेरहेर पुर्खाले बनाएको डम्फु बोलको ल्होछार गीत, बजारमा आइसकेका छन् ।