आज नेप्से २६ अंकले बढ्यो

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २ हजार ७१५ दशमलव ३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँको कारोबार भएको छ ।
साथै आज नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएको छ । सर्वाधिक रुपैयाँका आधारमा जीवन बीमा समूहमा बृद्धि भएको छ भने प्रतिशतका आधारमा विकास बैंक समूहको बृद्धि भएको छ । त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा आज महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३५ करोड ४६ लाख ४० हजार ८२३ रुपैयाँको कारोबार भएको हो । साथै आज चार वटा कम्पनीको शेयर सर्किट लागेको छ । आज बोटलर्स नेपाल, मानुषी लघुवित्त, तेह्रथुम पावरको शेयरमा सर्किट लागेको हो ।