मुस्ताङमा हिम पहिरो जाँदा ७ जना घाइते

तु खबर संवाददाता
२०७८ कार्तिक २८, आईतवार १६:२०
file-photo

मुस्ताङ । मुस्ताङमा आज (आइतबार) हिम पहिरो जाँदा ७ जना घाइते भएका छन् । जिल्लाको थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घाइते भएका हुन् । हिम पहिरो जाँदा भागदौड हुँँदा ७ जना स्थानीयहरु घाइते भएको मुस्ताङ प्रहरीले जनाएको छ। । हिम पहिरो गएपछि कोवाङ, लार्जुङ, नाउरिकोट, आसपासका स्थानीयको भागदौड हुँदा उनीहरु घाइते भएका हुन् ।

थासाङ गाउँपालिका, मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो । हिम पहिरोका कारण बेनी–जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले बन्द गरेको प्रहरीले जनाएको छ । साङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट खसेको हिम पहिरोका कारण बोक्सी खोलाको पानीको बहाव समेत बढेको जिल्ला प्रहरी कार्यलय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार, फेरि पनि हिम पहिरो जानसक्ने भएकाले वरपरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।