आइतबार नेप्से ४ अंकले घट्यो, पौने ४ अबको कारोबार

तु खबर संवाददाता
२०७८ कार्तिक २८, आईतवार १६:१२

काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक ४ दशमलव ९५ अंकले घटेको छ । आज नेप्से ४ दशमलव ९५ अंकले घटेर २ हजार ६८५ दशमलव ३४ को विन्दुमा कायम भएको जनाइएको छ । आज २ सय ३० सूचीकृत कम्पनीहरुको ७२ लाख ३९ हजार ५ सय ८७ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा आज आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । फाइनान्सको २० करोड माथिको शेयर कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको पौने १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आइसिएफसि फाइनान्सको २४ करोड २८ लाख, नबिल बैंकको १६ करोड ६७ लाख, लुम्बिनी विकास बैंककहो १६ करोड २३ लाख र साहज उर्जाको १३ करोड ४४ लाख भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, आज नेप्से झिनो अंकले घट्दा आज सर्वाधिक गुमाउने कम्पनीमा एचआइडिसिएल रहेको छ । कम्पनीको शेयरमा आज नकारात्मक सर्किट लागेको छ । यसैगरी, साहज उर्जा कम्पनीको पनि आज ८.७४ प्रतिशत अंकले घटेको छ । साथै, नयाँ सारथी लघुवित्तको ३.२६ प्रतिशत अंक, समिट लघुवित्तको ३.०५ प्रतिशत अंक र मैलुङ खोला हाइड्रोपावरको २.८९ प्रतिशत अंकले घटेको छ ।