पुष्पलाल पार्क व्यवस्थापन समितिको अध्यक्षमा भेटवाल

तु खबर संवाददाता
२०७८ कार्तिक २८, आईतवार ०७:५७

मकवानपुर । हेटौंडास्थित पुष्पलाल स्मृति शान्तिपार्क व्यवस्थापन समितिको अध्यक्षमा गणेश भेटवाल चयन भएका छन् । शनिबार पार्क परिसरमा आयोजित साधारणसभाले भेटवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रिटबहादुर खत्री,सचिवमा सानुकाजी पाण्डे, सहसचिवमा पूर्णप्रसाद अर्याल र कोषाध्यक्षमा विष्णुकुमारी बस्नेत चयन भएका छन् ।

पार्क व्यवस्थापन समितिका अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्षमा भएकोे कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको व्यवस्थापनमा संचालित पुष्पलाल स्मृति शान्तिपार्क व्यवस्थापन समितिले पार्कको संरक्षण गर्दै आएको छ ।