आज नेप्से परिसूचक ५९ अंकले घट्यो

तु खबर संवाददाता
२०७८ कार्तिक २५,बिहीबार १६:५१

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ५९ दशमलव ४९ अंकले घटेर २ हजार ६९० दशमलव ३६ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव १६ प्रतिशतले घटेर आज १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक रुपैयाँका आधारमा जीवन बीमा समूहमा ३१६ रुपैयाँको गिरावट आएको छ ।

नेप्सेमा सूचिकृत २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँको कारोबार भएको छ । साथै आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आज मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।