परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेशनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहारको नालन्दा विश्वबिद्यालयमा हुने बिशेष सभामा ढकालले सम्बोधन गर्न भारत प्रस्थता गरेका हुन् । बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश कुमारले पनि उद्घाटन सत्रमा सम्बोधन गर्ने छन् ।
पूर्वमन्त्रीसमेत रहेका ढकालको भ्रमण दलमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी सहभागी छन् । सम्मेलनमा कोभिड –१९ पश्चातको विश्व व्यवस्थाको बारेमा भारत र विश्वका प्रशिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्नु हुनेछ भने भारतका महामहिम उपराष्ट्रपति एम। वेंकैया नायडुले उद्घाटन गर्ने कार्यक्रम छ । नेपालको राजनीतिमा प्रभावशाली व्यक्तित्वको रुपमा चिनिएका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको पछिल्लो भारत भ्रमण महत्वपूर्ण हुने उनको सचिवालयको भनाइ छ ।