थप ४६९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार १०७ पुगेको छ ।
यस्तै, हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ भने ७ लाख ९२ हजार ८३२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ जना रहेका छन् । जसमध्ये ८ हजार ४६८ जना होम आइसोलेसनमा रहेका छन् भने ७०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।