हेटौंडाका लामा पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध सालको चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १०५.६६ क्युपीट सालको चिरान काठसहित हेटौंडाका एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कर्याालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ पर्नेमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ सरस्वती पाखा टोल बस्ने ३८ वर्षीय उमेश लामा रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनका अनुसार, उनलाई विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवापुरको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।