आज नेप्से परिसूचक ७८ अंकले बढ्यो, ६ अर्ब ३१ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ कार्तिक ९, मंगलवार १६:२०

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २ दशमलव ९५ प्रतिशतले बृद्धि भएको छ । नेपाल एक्सचेन्ज नेपाल (नेप्से) परिसूचक ७८ दशमलव ८२ अंकले बृद्धि भई २ हजार ७५१ दशमलव ०७ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ । नेप्से समूहमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । प्रतिशतका आधारमा सबैभन्दा फाइनान्स समूहमा बृद्धि भएको छ भने रुपैयाँका आधारमा जीवन बीमा समूहमा बृद्धि भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा कामना सेवा विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ४४ करोड ७४ लाख ५७ हजार ७४६ रुपैयाँको कारोबार भएको हो । साथै आज वेष्ट फाइनान्स र ङादी ग्रुप पावरसहित १८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।