मकवानपुरमा थप ७ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा थप ७ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८ जनाको पीसीआर र ३२ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६ जना र थाहानगरपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ३ सय ४२ जना पुगेको छ । तीमध्ये हालसम्म १५ हजार ४७ जना संक्रमणमुक्त भएका छन् भने १६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।
विभिन्न मितिमा संक्रमण पुष्टि भई होम आइसोलेशनमा रहेका एक जना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका रहेका छन् । यस्तै, जिल्लामा हालसम्म हेटौंडाका १ सय १७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
