सामलिङ्ग पावर कम्पनीको आइपीओ बिक्रि खुल्ला

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार १५:४७
file-photo

काठमाडौं । सामलिङ्ग पावर कम्पनीले साधारण सेयर (आइपीओ) आज (बिहिबार) देखि निष्काशन गरेको छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७ करोड ३० लाख रुपैयाँको ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।

जसमा १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आगामी कात्तिक ८ गतेसम्म आवेदन दिन सकिने उक्त आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

मध्ये भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने
काठमाडौं । मध्ये भोटेकोशी जलविद्युतको आईपीओको बाँडफाँड अर्को साता हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने तयारी थालेको जनाएको छ । क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने र अर्को साता बाँडफाँड गर्ने तयारी रहेको जनाएको छ ।

कम्पनीले गत असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गरेको थियो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका आर्एपीओ निष्कासन गरेको थियो । कम्पनीले कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दर्ता गराएका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन खुलाएको थियो ।