स्वास्थ्यमा समस्या भएपछि क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य अस्पताल भर्ना
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरण स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको अस्पतालले जानकारी दिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रित भएर उपचार जारी राखिएको छ। अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दागसमेत देखिएको अस्पतालले जनाएको छ । नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेकोसमेत चिकित्सकहरुले बताएका छन् ।
