पिङ बनाउने क्रममा लगेर मकवानपुरका लामाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन २६,मंगलवार १०:१३
File Photo

मकवानपुर । मकवानपुरको भीमफेदीमा पिङ बनाउने क्रममा पिङबाट लगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित माण्डुमा सोमबार साँझ दशैंको लागि लिंगे पिङ हाल्ने क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय प्रेम लामा रहेका छन् । पिङबाट लडेर लामा गम्भीर घाइते भएका थिए । उनलाई उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको उपचाकै क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।