थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ आश्विन २५,सोमबार १७:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ । तीमध्ये नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ भने ७ लाख ७६ हजार ८३१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ८८८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ७८७ जना रहेका छन् । जसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१४ जना आईसीयू र १११ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३१ जना क्वारेन्टिनमा रहेका छन् ।

मकवानपुरमा थप ३ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, संक्रमणमुक्त हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार ९ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका र मनहरी गाउँपालिकाका एक÷एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार २ सय ९३ जना पुगेको छ । तीमध्ये हालसम्म १६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा हालसम्म हेटौंडाका १ सय १७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृतयु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।