जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन २५,सोमबार ०७:५९

धनगढी । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेबमे सकयकम से १ च १७६३ नम्बरको जीपजन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपाली रहेका छन् । उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी १४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि राति नै नेपालगञ्ज रेफर गरिएको जनाइएको छ । प्रहरीका अनुसार, उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब २०० मिटर तल खसेको थियो ।