सवारी दुर्घटनामा दुई जनाकोे मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १४:५८
सांकेतिक तस्वीर

बाँके । बाँके र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भएको सडक दुर्घटनामा मधुवन नगरपालिका–५ बस्ने ८० वर्षीया महिला रुप्सी कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भे १ ज ८७९ नम्वरको जीप दुर्घटना हुँदा घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा भे ९ प ७९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका–१ बस्ने २१ वर्षीय दिपक बुढामगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानीमा डुबेर युवकको मृत्यु
दाङ । दाङमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज (शुक्रबार) बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः ३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरीका अनुसार लामो समयदेखि मृगौला रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।