कांग्रेसको सहमहामन्त्री नेतृत्वको एक टोली भारत जाँदै
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको एक टोली बिहिबार भारत जाने भएको छ । भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणमा पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा एक टोली भारत जाने भएको हो । टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् ।
नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए । गत अगष्ट महिनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए । पछिल्लो पटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ । भारतले प्रधानम्नत्री शेरबहादुर देउवालाई भने मन्त्रिपरिषद् विस्तार भइसकेपछि मात्र औपचारिक भ्रमणको निम्तो पठाउने संकेत यस अगाडि नै दिइसकेको छ ।
