कांग्रेस मकवानपुरको जिल्ला पदाधिकारी र नवनिर्वाचित सभापतिहरुबीच छलफल

तु खबर संवाददाता
२०७८ आश्विन १८, सोमबार १७:२३

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका पदाधिकारीहरु र जिल्लाको १० वटै स्थानीय निकायमा नवनिर्वाचित कांग्रेस सभापतिहरुबीच हेटौंडामा शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम भएको छ । सोमबार कांग्रेस पार्टी कार्यालयमा पदाधिकारी र गत असोज ९ गते भएको गाउँ अधिवेशनबाट निर्वाचित भएका गाउँपालिका तथा नगरपालिका सभापतिहरुबीच छलफल कार्यक्रम भएको हो ।

नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रममा नवनिर्वाचित गाउँपालिका तथा नगरपालिकाका सभापतिहरुले आगामी पार्टीको कार्ययोजना र पार्टी संगठन मजबुत बनाउने बारे छलफल भएको थियो ।

सो कार्यक्रममा जिल्ला पार्टी सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोइराला, प्रतिनिधिसभा १ का संघीय सभापति दामोदर खनाललगायतले आन्तरिक निर्वाचनमा भएको गल्ती कमजोरीलार्ई सच्याउँदै आगामी स्थानीय तहको निर्वाचनलाई पहिलो पार्टी वन्न पार्टी संगठन मजबुत बनाउने बारे आफ्नो धारणा रारेका थिए ।

कांग्रेसको १४ औ महाधिबेशनका लागि मकवानपुरमा भएको १० वटै स्थानीय तहको निर्वाचनमा कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, थाहा नगर सभापति प्रमोद जोशी, बागमती गाउँपालिका सभापति फणिन्द्र तिमल्सिना, बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जन, मकवानपुरगढी गाउँपालिका सभापति राजविर मोक्तान, भीमफेदी गाउँपालिकाका सभापति सञ्जिव श्रेष्ठ, ईन्द्रसरोवर गाउँपालिका सभापति विश्व लामा, कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङ, राक्सीराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बा र मनहरी गाउँपालिका सभापतिमा प्रकाश बर्तौला, निर्वाचित भएका थिए ।