सम्बर्धन सहकारीको वार्षिक उत्सव
काठमाडौँ । सम्बर्धन बचत तथा ऋण सहकारी संस्थाको प्रथम वार्षिकउत्सव समारोह सम्पन्न भएको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्काको प्रमुख आतित्थ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सरकारीले संस्थाले नजिकिँदै गएको दशै, तिहार र छठ पर्वको अवसरमा मध्यबानेश्वरस्थित मोजो होटेलमा शनिबार एक कार्यक्रम गर्दै शुभकामना तथा बार्षिक समारोह कार्यक्रम सम्पन्न गरेको हो ।
सो समारोहकी प्रमुख अतिथि एवम् बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री खड्का र सम्बर्धन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश कालिकोटेले सयुुक्त रुपमा पानसमा बत्ति बाल्दै केक काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । समारोहमा संस्थाले उत्कृट काम गर्ने बजार संगठनबाट गिता घना मगर, सागर घिमिरे, सरिता कार्की, रश्ना कुुवर, रोशनी लामा र प्रतिमा बलामीलयायतका कर्मचारीहरुको समूहलाई सम्मान गरेको थियो ।
साथै, संस्थाको सेयर खरिद गर्ने सेयरधनी सागर अधिकारी, सन्तोष प्रसाद बिमली, करुणा अर्याल, निराजन आचार्य, सरोज बानियाँ, शैलेन्द्र राज आचार्य, अनिश पौडेललगायतको टिमलाई समेत मायाको चिनो र सेयर प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति रचना खड्काले प्रथम साधारण समारोहलाई सम्बोधन गर्दै आर्थिक क्रान्तीबाट नै परिवर्तन सम्भव भएकाले यो सहकारी संस्थाको सुरुवात गरेकोमा धन्यवाद व्यक्त गरिन् । मन्त्री खड्काले सबैंसँग हातेमाले गरेर अगाडि बढ्ने हौसला प्रदान गरिन् । ‘हाम्रो देशको अर्थतन्त्र तीन खम्बे अर्थनीतिमा आधारित रहेकोले सरकार, सहकारी संस्था र निजि अर्थतन्त्र भएकोले सहकारी र निजि अर्थतन्त्रमा धनी र हुने खानेको मात्र पहुच नभइ स्थानिय र ग्रामिण क्षेत्रमा पनि यसको पहुच पुराउनुपर्दछ’ मन्त्री खड्काले निर्देशन दिँदै भनिन् ।
सामान्य मानिसको पहुचमा पनि बित्तीय पहुच पुराउन सहकारीले निकै ठुलो भुमिका खेल्ने भएकाले सहकारीको विकासका लागि प्रदेश सरकार जहिले पनि सकरात्मक हुने बताइन् । समारोहमा बोल्दै संस्थाका अध्यक्ष दिनेश कालिकोटेले सहकारीले एक बर्षको अवधिमा दुई करोड लगानी गरेको सहकारीले सेवा सुविधा चुस्त दुरुस्त बनाउनुका साथै शेयर सदस्यको रकम सुरक्षित रहने बातावरण्को लागि दिगो योजना बनाई सधै सेयरधनीहरुसंगै सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै सस्थाले उक्त वार्षिक समारोहको अवसरमा काभ्रे जिल्ला मन्डन देउपुर नगरपालिका कुन्ता बेशीमा रहेको बाल गृहमा नगद २० हजार रुपैयाँ सहयोग गर्ने अध्यक्ष दिनेश कालीकोटेले जानकारी दिएको छ । कार्यक्रममा सेयरधनी, संचालक समितिका सदस्य र संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो । सम्बर्धन बचत तथा ऋण सहकारीले हाल पेप्सीकोला शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई बित्तिय पहुँच पुर्याउँदै आइरहेको छ । संस्थाले काठमाडौंको न्यूरोडमा केन्द्रीय कार्यालय स्थापना गरी सो क्षेत्र र सेवाकेन्द्रमार्फत बालाजु लगायतका क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । उक्त सहकारीले छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ ।
