शेयर बजारमा सुधार, ५० अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०७८ आश्विन १३,बुधबार १५:५८

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा केही सुधार आएको छ । लगातार घट्दै गएको शेयर बजार आज केही मात्रामा सुधार आएको हो । आज नेप्से परिसूचक ५० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से ५० दशमलव ५८ अंकले बृद्धि भई २ हजार ६ सय ६५ दशमलव ९४ विन्दुमा कायम भएको छ ।

यसअघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हुँदा ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । आज अधिकांश कम्पनीको शेयर मुल्य बढेको छ ।आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको एकैदिन २२ करोड ६७ लाख माथिको कारोबार भएको हो ।

त्यस्तै, आज अपि पावर, ग्रिन डभेलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त र युनाइटेड इदि मार्दीको शेयरमा सर्किट लागेको छ । pal-sयस्तै, आज उच्च अंकले बजार सुधार हुँदा पनि केही कम्पनीहरुको शेयर मूल्य घटेको छ । जसमध्ये सबैभन्दा शिर्ष स्थानमा मेगा बैंक देखिएको छ । मेगा बैंकको शेयर मूल्य ३ दशमलव ९२ प्रतिशत अर्थात १४ रुपैयाँले घटेर ३४२ रुपैयाँ ८० पैसामा झरेको छ ।