कांग्रेस मकवानपुरगढी १ नं वडा सभापतिमा स्याङ्तान
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी वडा नं १ को सभापतिमा सुर्यबहादुर स्याङ्तान चयन भएका छन् ।
कांग्रेसको आज भएको वडा अधिवेशनले स्याङ्तानसहित २० सदस्यीय कार्यसमिति चयन गरेको हो ।
त्यस्तै उपसभापतिमा विश्वशान्ति लामा र बाबुलाल भोम्जन, सचिवमा सोमलाल भोम्जन र कमलबहादुर लो, सह–सचिवमा पदमरत्न दोर्जे लामा र लालबहादुर भोलन चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा काइलीमाया घलान, अनिता लुङ्वा, फुलमाया गोले, चन्द्रबहादुर गोले, सुर्यबहादुर लुङ्वा, कमला भ्लोन, शेरबहादुर भोलोन, दोर्जे लामा भोलोन, दीपक लुङ्वा,लालमाया थिङ्, सुनिता भोलन, तीर्थ बहादुर लो र सुनबहादुर न्यासुर लगायत रहेका छन् ।
त्यस्तै भेलाले १५ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ ।
