पिस फोर्सको अध्यक्षमा चौँलागाई नियुक्त

तु खबर संवाददाता
२०७८ भाद्र १६, बुधबार १२:३७

मकवानपुर । नेपाल परिवार दलको युवा संगठन पिस फोर्सको केन्द्रिय अध्यक्षमा रामेछापका रविन्द्र चौँलागाई चयन भएका छन् । सोमबार काठमाडौँमा बसेको परिवार दलको बैठकले पिस फोर्सको अध्यक्षमा चौलागाईलाई चयन गरेको हो ।

चौँलागाईले मुलुकमा शान्ति, स्थायित्व र समग्र विकासका लागि लागि युवा वर्गको भूमिका महत्वपूर्ण हुने भन्दै युवा वर्गले अब सक्रियता बढाउनुपर्ने बताए ।

उनले पछिल्लो समय युवा वर्गमा देखा परेको विचलनलाई न्यूनिकरण गरी उनीहरुको जोश जाँगरलाई सकारात्मक काममा खर्च गर्न पिस फोर्सले विभिन्न कार्यक्रम अघि सार्नेसमेत जानकारी दिए ।

बैठकले पार्टीकोे राष्ट्रिय महाधिवेशनको मितिसमेत आगामी कार्तिक २८ र २९ गतेलाई तोकेको छ ।

राष्ट्रिय महाधिवेशनमा ५० हजार क्रियाशील सदस्यहरूको प्रतिनिधित्व गर्दै २ हजार ५ सय प्रतिनिधि सहभागी हुने नेपाल परिवार दलका महामन्त्री विनोद डाँगीले जानकारी दिएका छन् ।

बैठकले महामन्त्री डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरी प्रदेश तथा स्थानीय क्षेत्रमा संयोजक तोक्न सिफारिस समिति समेत गठन गरेको छ ।