कांग्रेसद्वारा मकवानपुरसहित थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक

तु खबर संवाददाता
२०७८ भाद्र १६, बुधबार ०९:२२

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ ।

निर्वाचन समितिले मंगलबार मकवानपुर, सुनसरी र बागलुङ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवका अनुसार क्रियाशील छानविन समिति तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित छ ।

काँग्रेसका यसअघि दुई चरण गरी ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो । यससँगै निर्वाचन समितिले ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ ।

काँग्रेसले अझै २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न बाँकी रहेको छ ।