माओवादीको लागि मात्रै होइन समग्र जनताको हित हुने काम गर्नुपर्छ – प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले पार्टीका लागि मात्र नभई देशका सम्पूर्ण जनताको हितका लागि काम गर्नुपर्ने बताएका छन् ।
वाईसीएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको दायित्व देशका आम जनताको हितका लागि अन्य राजनीतिक दलसंग पनि सहकार्य गर्नु रहेको बताए ।
पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट बनाइएको भन्दै भन्दै प्रचण्डले यसलाई जोगाउनु अहिलेको प्रमुख दायित्व भएको बताए ।
अर्को प्रसङ्गमा प्रचण्डले माधव नेपाल र आफु सोझो भएर लड्डु खान लाग्दा ओलीले बईमानी गरेको पनि बताए ।
एकता गरेर ओलीबाट ठुलो ज्ञान प्राप्त गरेको उनले बताए ।
अब संविधान, लोकतन्त्र र राष्ट्रीयतामा सम्झौता नगरी रक्षाको लागि पूर्ण प्रतिवद्ध भई गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
राष्ट्रीय एकताको झण्डा उठाएर सहमति सहकार्य गर्दै अगाडी बढ्नुपर्ने उनको भनाई छ ।
