नेपाली कांग्रेस हेटौंडा ४ नम्वर वडाको भेला

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार ०८:१४

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा समितिको भेला शनिबार सम्पन्न भएको छ ।

४ नम्वर वडाका सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिब बुद्ध लामा, पार्टी प्रबक्ता प्रदीप कोइराला, एक नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, क्षेत्र नम्बर एक (ख) का उपसभापति गणेश उप्रेती, नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका कोषाध्यक्ष कविन संगामी, नेतृ अन्जना उपाध्याय, नेपाल महिला संघ हेटौंडा ४ नम्वर सभापति रीता गौतम लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा वडा सभापति पौडेलले पार्टीको गतिविधि समेटिएको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको प्रतिवेदनमाथि सहभागिहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।