सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडामा बिजेन्द्र अग्रवालको नेतृत्व
मकवानपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा रहेको सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाको अध्यक्षमा बिजेन्द्र अग्रवाल चयन भएका छन् ।
शनिवार हेटौंडामा भएको भेलाले अग्रवाललाई केन्द्रको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । केन्द्रको उपाध्यक्षद्वयमा मन्जु खराल र सुवासचन्द्र अधिकारी, सचिव कुमार अधिकरी पोष्टराज, सहसचिव निरु मगर, कोषाध्यक्ष रमेश मुडभरी चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा बासुदेब श्रेष्ठ, प्रताप सिंह छेत्री, अर्जुन देबकोटा, रीता सुवेदी र स्वेता कोइराला रहेका छन् ।
भेलाले केन्द्रको सल्लाहकारमा माइकल रामचन्द्र अर्याल, राजबाबु पहाडी र डा. रामप्रसाद अधिकारीलाई चयन गरेको छ ।
बिपि बिचार समाज मकवानपुरका अध्यक्ष बिनोदचन्द्र कोइरालाको सभाध्यक्ष एवम् सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व आयुक्त डा. मानवी भट्टको प्रमुख आतिथ्यतामा भेला भएको हो ।
भेलामा नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामुनेश्वर आचार्य, नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदीप कोइराला, प्राध्यापक कृष्णप्रसाद दाहाल लगायतले सन्त नेता कृष्णप्रसाद भट्टराईको बारेमा चर्चा गरेका थिए ।
