देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल

तु खबर संवाददाता
२०७८ भाद्र १२, शनिबार १४:४४
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुवै नेताबीच चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे विस्तृत रुपमा छलफल भएको जनाइएको छ ।