लोकतान्त्रिक समाजवादी पार्टीको बैठक जारी

तु खबर संवाददाता
२०७८ भाद्र १२, शनिबार १४:१९

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक जारी छ ।

बिहीबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दोस्रो दिन बबरमहलस्थित पार्टी कार्यालयमा बसेको हो ।

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले गठन गरेको लोसपाले संगठन निर्माण तथा सुदृढीकरणलगायतका एजेण्डामा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

नयाँ पार्टी गठन भइसकेपछि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठनलाई पुनर्गठन गर्न कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।