मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने

तु खबर संवाददाता
२०७८ भाद्र ६, आईतवार १५:३२
file-photo

काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ ।

कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान ८ः ३० बजे क्यापपिटलको केन्द्रिय कार्यालयमा हुने जनाएको हो ।

कम्पनीले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि तीन लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।