शेयर बजार आगामी साताको दुई दिन बन्द हुने

तु खबर संवाददाता
२०७८ भाद्र ५, शनिबार ०८:५५

काठमाडौं । आगामी साताको दुई दिन शेयर बजार बन्द हुने भएको छ ।

नियमित हप्ताको ५ दिन खुल्ने शेयर बजार आगामी साता २ दिन सार्वजनिक बिदा परेको हुनाले शेयर बजार बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार, आगामस् साताको आइतबार र सोमबार शेयर बजार बन्द हुन भएको हो ।

आगामी साताको आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा परेको हुनाले २ दिन शेयर बजार बन्द हुने भएको हो ।