हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन
काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कोरोना संक्रमित थापाको आज (शनिबार) बिहान ४ः ४० बजे पाटन अस्पतालमा निधन भएको कलाकार जीवन थापाले जानकारी दिए ।
एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षको उमेरमा थापाको निधन भएको हो ।
थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए ।
