आज नेप्से परिसूचक १८ अंकले घट्यो
काठमाडौं । आजको साताको अन्तिम दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव १७ अंकले घटेर ३ हजार १८१ दशमलव ०८ विन्दुमा कायम भएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ प्रतिशतले घटेको छ । कारोबार रकम भने २० अर्ब नाघेको छ ।
नेप्सेमा २ सय २९ कम्पनीको ३ करोड ७ लाख ७३ हजार २ सय २४ कित्ता शेयर कारोबार भएको छ । जसबाट कारोबार रकम २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँ पुगेको छ ।
आज अरुण काबेली हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अरुण भ्याली हाईड्रोपावरको १ अर्ब १५ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।
त्यस्तै, जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएको छ ।



