नबिल बैंकले ल्यायो क्यास मेशिन, एटिएमबाटै पैसा जम्मा गर्न सकिने
काठमाडौं । नबिल बैंकको एटिएमबाट रकम झिक्न र जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा सहज र सरल बनाउने उद्देश्यले नबिल क्यास मेशिन जारी गरेको छ ।
आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ बैंक केन्द्रित हुँदै यस क्यास मेशिनले ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको बैंकले जनाएको छ ।
यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा एक हजार, ५ सय, १ सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सकिनेछ ।
साथै यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् ।
हालसम्म बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिँदै आएको छ ।



